• Office Building
  • Suklaphata National Park
  • Program
  • ........
  • ........

जिल्ला वन कार्यालयको परिचय

जिल्ला वन कार्यालय

जिल्ला वन कार्यालय कञ्चनपुरले वन जंगलको संरक्षण संगै जैविक विविधताको संरक्षण र उचित उपयोगका निम्ति बिभिन्न खाले अभियान थालेको छ । पछिल्लो समयमा मानव जीवन उपयोगी विजयसाललाई संरक्षित वनस्पतिको रुपमा संरक्षण गर्न थालिएको छ । जिल्ला वन कार्यालयले संरक्षणलाई टेवा पुरयाउन बिभिन्न समुदायमा चेतनामूलक कार्यक्रम पनि संचालन गर्दै आइरहेको छ । जसले समुदायलाई वन जंगल र वन क्षेत्र आफ्नै हो भन्ने भावनाको विकास गराई यसको संरक्षण र सदुपयोगका लागि समेत सबैलाई प्रेरित गर्ने छ । जिल्ला वन कार्यालयले आ.व. २०७३÷०७४ को वार्षिक स्वीकृत वजेटबाट जिल्ला वन कार्यालयको गतिविधि, कार्यालयले गरेका काम कार्वाही, भए गरेका सफलता, संरक्षणको प्रयास, सम्भावना र चुनौतीका सबै बिषयवस्तुहरु समेटेर यो वेभ पेज तयारी पारेको छ । पछिल्लो समयमा आएर मानव जीवनमा वन जंगल र वन पैदावारको महत्व बढदै जान थालेको छ । जलवायु परिवर्तन भए संगै र विश्वमा कार्बन उत्सर्जन बढे संगै यसको स्थिरता र कार्बन उत्सर्जनमा कमी ल्याउनमा समेत वन जंगलको ठूलो भूमिका रहने गरेको छ । यति मात्र होइन वन जंगल हुंदा पानीका श्रोतहरु यथावत रहनुका साथै बिभिन्न वन पैदावार जडीबुट्टी र बिभिन्न खाले औषधि मुलो समेत बनबाटै प्राप्त भइरहेको अवस्था रहेको छ । त्यसकारण वन र वन पैदावारको मानव जीवनमा अझ बढी महत्व रहेको छ । पछिल्लो समयमा बिभिन्न श्रोत साधनको रुपमा वनको उपयोग बढी हुन थालेको र वन पैदावारको दोहन हुने गरेको कारण यसको संरक्षणमा ठूलो चुनौती पनि थपिएको छ । वेभ पेजको माध्यमबाट थोरै भए पनि वन, वनपैदावार र यसको संरक्षण, सम्बद्र्धनको बिषयमा सबैलाई जानकारी एवं चेतना दिनुका साथै जिल्ला वन कार्यालयले गरेका कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी हुने मैले आशा लिएको छु । वनजंगल र वन पैदावारको संरक्षणका साथै यसको दिगो व्यवस्थापनले जंगलमा हुने बिभिन्न जडिबुट्टी र वन पैदावारको संरक्षण हुनका साथै यसले भावी पिढिलाई समेत फाइदा पुगी दिगो विकासमा जन सहभागिता जुट्ने विश्वास रहेको छ । वेभ पेज तयारीको लागि तथ्यांक उपलब्ध गराई सहयोग गर्ने जिल्ला वन कार्यालय कञ्चनपुरका सबै शाखाका प्रमुख एवं सहायक कर्मचारीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । सबै तथ्यांकहरु संकलन तथा कम्पायल गरी वेभ पेज निर्माणमा सहयोग गर्नु हुने प्रति आभार प्रकट गर्न चाहन्छु । साथै वेभ पेज तयारीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै कमि कमजारी भएमा क्षमा प्राथी छु । धन्यवाद ।

 

स्वागतम्

जिल्ला वन कार्यालयमा तपाइलाइ स्वागत छ । Data Processing Continue....In Space

जिल्ला वन कार्यालय,कञ्चनपुर © 2017 :